इलाम । जिल्ला ब्याडमिन्टन संघ इलाम को आयोजनामा प्रथम बुद्ध राई स्मृति खुल्ला प्रदेशस्तरीय ‘बी’ लेभल तथा आन्तरिक ब्याडमिन्टन प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिता जेठ ३ गतेसम्म जिल्ला प्रहरी कार्यालयको कभर्ड हलमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रदेशस्तरीय ‘बी’ लेभल र आन्तरिक गरी दुई विधामा खेल भइरहेको आयोजकले जनाएको छ । आन्तरिकतर्फ ३७ टोली तथा ‘बी’ लेभलतर्फ १९ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको सह–आयोजक इलाम ब्याडमिन्टन क्लब रहेको छ भने कोशी प्रदेश ब्याडमिन्टन संघ ले प्राविधिक सहयोग गरेको छ ।
‘बी’ लेभलतर्फ विजेता टोलीले नगद ४० हजार रुपैयाँ, उपविजेताले २५ हजार रुपैयाँ तथा तृतीय हुने टोलीले १५ हजार रुपैयाँभन्दा बढी पुरस्कार प्राप्त गर्नेछन् । यस्तै आन्तरिकतर्फ प्रथम हुने टोलीलाई १२ हजार रुपैयाँ, द्वितीयलाई ८ हजार रुपैयाँ र तृतीय हुने टोलीलाई ६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूलाई सहभागी नगराइएको आयोजकले स्पष्ट पारेको छ