Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

एसईईमा चुलाचुली इलामकै पहिलो

एसईईमा चुलाचुली इलामकै पहिलो

  • सन्देश सम्वाददाता
  • बिहिबार, बैशाख ३१ २०८३


एसईईमा चुलाचुली इलामकै पहिलो

इलाम — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा इलाम जिल्लाका १० स्थानीय तहमध्ये चुलाचुली गाउँपालिकाले सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको छ। विद्यार्थी उत्तीर्ण प्रतिशतका आधारमा चुलाचुली गाउँपालिका जिल्लाकै प्रथम स्थानीय तह बनेको हो।

चुलाचुली गाउँपालिका भित्र रहेका ९ वटा विद्यालयबाट सहभागी विद्यार्थीहरूमध्ये ८१।६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सार्वजनिक गरिएको तथ्यांकअनुसार यो प्रतिशत जिल्लाका अन्य सबै स्थानीय तहभन्दा उच्च रहेको छ।

चुलाचुलीपछि इलाम नगरपालिकाले ८० प्रतिशत उत्तीर्ण दरसहित दोस्रो स्थान हासिल गरेको छ भने देउमाई नगरपालिकाको उत्तीर्ण प्रतिशत ७३.३३ रहेको छ। त्यसैगरी माई नगरपालिकामा ६८.५० प्रतिशत, सूर्योदय नगरपालिकामा ६२.८१ प्रतिशत तथा रोङ गाउँपालिकामा ५९.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

यस्तै फाकफोकथुम गाउँपालिकाको उत्तीर्ण प्रतिशत ४६ रहेको छ भने माइजोगमाई गाउँपालिकामा ४१.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। सन्दकपुर गाउँपालिकामा ३६.८९ प्रतिशत र माङसेबुङ गाउँपालिकामा ३३.९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार