Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इन्डो–नेपाल टि–२० सिरिज : दोस्रो खेलमा राँचीको शानदार पुनरागमन, सिरिज १–१ को बराबरीमा

इन्डो–नेपाल टि–२० सिरिज : दोस्रो खेलमा राँचीको शानदार पुनरागमन, सिरिज १–१ को बराबरीमा

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख २७ २०८३


इन्डो–नेपाल टि–२० सिरिज : दोस्रो खेलमा राँचीको शानदार पुनरागमन, सिरिज १–१ को बराबरीमा

फिक्कल । माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारस्थित अमर कल्याण माविको खेल मैदानमा जारी इन्डो–नेपाल टि–२० सिरिज अन्तर्गत शनिबार सम्पन्न दोस्रो खेलमा भारतको राँची क्रिकेट टिम विजयी भएको छ। इलाम जिल्ला क्रिकेट टिमलाई ४६ रनले पराजित गर्दै राँचीले सिरिज १–१ को बराबरीमा ल्याएको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको राँची क्रिकेट टिमले निर्धारित ओभरमा १६३ रन बनाउँदै इलामलाई १६४ रनको लक्ष्य दिएको थियो। राँचीका लागि हिमाल उरावले शानदार ६० रनको अर्धशतकीय पारी खेले भने तेजस सुनुवारले ३७ रनको महत्वपूर्ण योगदान दिए। बलिङतर्फ इलामका दिवस खड्काले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए भने सुमन बेघा लिम्बूले १ विकेट हात पारे।

१६४ रनको लक्ष्य पछ्याएको इलाम क्रिकेट टिम भने ११७ रनमै अलआउट हुन पुग्यो। इलामका लागि दिपेन्द्र मगरले ३८ रन बनाउँदा पुजन खड्काले २३ रनको योगदान दिए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन। राँची क्रिकेट टिमका बलर इन्द्र लेप्चाको धारिलो बलिङ सामु इलामको ब्याटिङ लाइन धरासायी बन्यो।

इन्द्रले ४ विकेट लिए भने कप्तान सुमित अधिकारीले ३ विकेट हात पारे। यस्तै सागरले २ विकेट तथा निवस मगरले १ विकेट लिएर टोलीको जित सुनिश्चित गरे। अब सिरिजको निर्णायक तथा अन्तिम खेल आज अमर कल्याण माविको मैदानमा हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार