Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

उद्घाटन खेलमा पहरिगाउँ इलाम विजयी

उद्घाटन खेलमा पहरिगाउँ इलाम विजयी

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख २६ २०८३


उद्घाटन खेलमा पहरिगाउँ इलाम विजयी

इलाम । तेस्रो बुद्धशान्ति च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पहरिगाउँ इलाम विजयी सुरुवात गर्न सफल भएको छ । बुद्धशान्ति–४ स्थित बर्ने चिया बगानको खेलमैदानमा सम्पन्न उद्घाटन खेलमा पहरिगाउँ इलामले आयोजक युनिटी युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको १७औँ मिनेटमा सुयोग राईले गोल गर्दै पहरिगाउँलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसको केही मिनेटपछि नै २३औँ मिनेटमा बनेस राईले अर्को गोल थप्दै टोलीलाई २–० को बलियो अवस्थामा पुर्‍याए ।

दोस्रो हाफमा आयोजक टोलीका अन्सु लिम्बूले  एक गोल फर्काउँदै खेलमा फर्कने संकेत दिएका थिए । तर त्यसपछि थप गोल निस्कन नसक्दा युनिटी युथ क्लब हार बेहोर्न बाध्य बन्यो ।

खेलभर उत्कृष्ट प्रदर्शन गरेका पहरिगाउँ इलामका अर्जुन गुरुङ “म्यान अफ द म्याच” घोषित भए ।  वैशाख २५ गतेदेखि सुरु भएको तेस्रो बुद्धशान्ति च्यालेन्ज कप प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगितामा इलाम र झापाका ८ टिम सहभागि छन् । प्रतियोगिताको बिजेताले ७० हजार तथा उपविजेताले ३५ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार