इलाम । इलाम नगरपालिका–८ स्थित महभिर सामुदायिक वन उपभोक्ता समितिको सातौं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको छ।साधारणसभाबाट अध्यक्षमा मानबहादुर गुरुङ चयन भएका छन् ।
भने उपाध्यक्षमा सरला बानियाँ निर्वाचित भएकी छन्। त्यसैगरी सचिवमा अनिता बुढाथोकी, कोषाध्यक्षमा गिता बानियाँ तथा सहसचिवमा हरिषचन्द्र श्रेष्ठ चयन भएका छन् ।
समितिको सदस्यहरूमा हरिबिक्रम बस्नेत, कोकिल बुढाथोकी, गणेश देवान, शान्ताकुमारी तामाङ, अमृत बहादुर थामी तथा मिलन रिमाल चयन भएका छन् ।