Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

  • सन्देश सम्बाददाता
  • आइतबार, बैशाख २० २०८३


झापा–११ लाई हराउँदै रेडहर्स सेमिफाइनलमा

इलाम । झापा–११ लाई हराउँदै रेडहर्स फुटबल क्लब इलाम दोश्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा संचालन भइरहेको प्रतियोगितामा इलामको तर्फबाट हिटेन सुहाङ र विनोद धमलाले गोल गरेका हुन् ।

खेलको ६० औ मिनेटमा सुहाङले सुरुवाती अग्रता दिलाए । विवेक सुनामको लामो क्रसलाई हेडर मार्फत गोल गर्दै सुहाङले सुरुवाती अग्रता दिलाए । ६४ औ मिनेटमा धमलाले अग्रता दोब्बर बनाए । हिलाम्मे खेलमैदानमा मध्यभागमा डिफेन्डरले बल नियन्त्रण लिन नसक्दा पाएको अवसरलाई धमलाले गोल गरेका हुन् ।

पहिलो गोल गरेका सुहाङ म्यान अफ दि म्याच घोषित हुँदै नगद ७ हजार प्राप्त गरे । प्रतियोगितामा भोली म्याङलुङ स्र्पोटिङ क्लब तेह्रथुम र मरिक एफसी धरान भिड्दैछन् । बैशाख २५ गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले ४ लाख २५ हजार ५५५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र र उपविजेता टोलीले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् ।

फाइल फोटो : RHFC

प्रतिक्रिया
सम्बन्धित समाचार