इलाम । दोश्रो कुम्मायक–कुस्सायक त्रिशाली आमन्त्रण गोल्डकप प्रतियोगितामा आज इलामको रेडहर्स फुटबल र क्लब र झापा–११ भिडदैछन् । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोकमा संचालन भइरहेको प्रतियोगितामा आठ टीमको सहभागी रहेको छन् । प्रतियोगिताको बिजेताले ४ लाख २५ हजार ५५५ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र र उपविजेता टोलीले नगद २ लाख १२ हजार ७७७ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने छन् ।
त्यसैगरी सबै खेलका उत्कृष्ठ खेलाडीहरुको लागि विधागत पुरस्कारको व्यवस्था समेत रहेको छ । प्रतियोगितामा यलम्बर युवा संस्था कर्णसिं सोनाम फुटबल क्लव ताप्लेजुङ, झापा ११ झापा, रेडहर्स फुटबल क्लव इलाम, म्याङलुङ स्पोटिङ क्लव तेह्रथुम, मरिक फुटबल क्लब धरान, पथरी–११ फुटबल क्लव मोरङ र पाँचथर फुटबल क्लव सहभागि छन् ।