Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

सुर्योदय– १० को समावेसी टोलको ८ औँ साधारणसभा, पूर्व अध्यक्ष डिल्लि सुवेदीलाई सम्मान, नयाँ नेतृत्व चयन  (तस्बिरहरु)

सुर्योदय– १० को समावेसी टोलको ८ औँ साधारणसभा, पूर्व अध्यक्ष डिल्लि सुवेदीलाई सम्मान, नयाँ नेतृत्व चयन  (तस्बिरहरु)

  • गंगा पराजुली
  • शनिबार, बैशाख १२ २०८३


सुर्योदय– १० को समावेसी टोलको ८ औँ साधारणसभा, पूर्व अध्यक्ष डिल्लि सुवेदीलाई सम्मान, नयाँ नेतृत्व चयन  (तस्बिरहरु)
सुर्योदय (समावेसी टोल) । सुर्योदय नगरपालिका वडा नं १० को समावेशी टोल विकास संस्थाको आठौँ साधारणसभा सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष फुर्वा छिरिङ लाप्चाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सुर्योदय नगरपालिका १० वडाअध्यक्ष पेमाउगेन लामा (भाइचुङ) रहेका थिए ।
समावेसी टोल विकास संस्थाका साधारण सदस्य तथा समाजसेवी हरि प्रसाद सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सामाजसेवी सावित्रा सुवेदी, अर्जुन सुवेदी, रनबहादूर लाप्चा,तल्लो फिक्कल टोलका प्रतिनिधि कृष्ण सुवेदी र संस्थाका निर्वतमान अध्यक्ष डिल्लि सुवेदीले संस्थाको विविध विषयमा चर्चा गर्दै मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुर्योदय नगरपालिका–१० का अध्यक्ष पेमाउगेन लामा (भाइचुङ) ले समावेसी टोल विकास संस्थाले नगरको समग्र क्षेत्रमा योगदान गर्दै आएको बताए ।
संस्थाले हरेक कार्यक्रममा रचनात्मक काम गर्दै आएको भन्दै प्रसंशा समेत गरे । नगरपालिका र वडा कार्यालायबाट समावेसी टोल क्षेत्रको विकास निर्माणका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकेपनि प्रत्येक आर्थिक वर्षमा योजना समावेस गर्दै आएको वडाअध्यक्ष लामाले बताए । साधारणसभामा टोलका अध्यक्ष फुर्वा छिरिङ लाप्चाले कार्यकाल अवधिमा गरेका कार्यहरु र आयव्यय प्रस्तुत गरेका थिए ।
निवर्तमान अध्यक्ष सुवेदीलाई सम्मान 
समावेशी टोल विकास संस्थाको ८ औँ साधारणसभामा निवर्तमान अध्यक्ष डिल्लि सुवेलीलाई सम्मान गरिएको छ । टोल विकास संस्थाको स्थापनाकालदेखि २ कार्यकाल योगदान गरेका सुवेदीलाई सम्मान प्रदान गरिएको हो । विश्वव्यापी कोरोना माहामारी जस्तो कठिन परिस्थितिमा संस्थालाई निरन्तर अघि बढाएको र टोलको विकास निर्माणमा योगदान गरेको भन्दै निर्वातमान अध्यक्ष सुवेलीलाई दोसल्ला र सम्मान पत्र प्रदान गरि सम्मान गरेको हो ।
दोसल्ला र सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि वडाअध्यक्ष पेमाउगेन लामा (भाइचुङ)ले हस्तान्तरण गरेका थिए । सम्मान पत्र ग्रहणपछि बोल्दै निर्वतमान अध्यक्ष डिल्लि सुवेदीले संस्थाले प्रदान गरेको सम्मानले जिम्मेवारी थपिएको बताए ।
संस्थालाई लोकल सन्देस डट कमबाट डसबिन हस्तान्तरण
आठौँ साधारणसभाको अवसरमा इलामको संचारमाध्यम लोकल सन्देश डट कम. ले समावेशी टोल विकास संस्थालाई डसबिन हस्तान्तरण गरेको छ । फोहोरमैला व्यवस्थापनका लागि सहज होस् भनि उक्त संस्थाले डसबिन हस्तान्तरण गरेको                हो । लोकल सन्देश डट. कम. को कार्यकारी सम्पादक गंगा पराजुलीले वडाअध्यक्ष पेमाउगेन लामा (भाइचुङ) र टोल विकास संस्थाका अध्यक्ष फुर्वा छिरिङ लाप्चालाई हस्तान्तरण गरेकी थिइन् ।
नयाँ नेतृत्व चयन 
समावेशी टोल विकास संस्थाको ८ औँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । संस्थाको अध्यक्षमा याम बहादूर फेम्बो, उपाध्यक्षमा निर बहादूर लिम्बु, सचिवमा रोजिप लाप्चा र कोषाध्यक्षमा मेनुका पाण्डे सर्वसम्वत चयन भएकी       छन् । त्यसैगरी सदस्यमा सन्तोशी राई, चन्द्रकला तीवारी र कविता सुवेदी चयन भएकी छन् । ७ सदस्य समिति सर्वसम्वत चयन भएको हो ।
होमस्टे तालिमको प्रमाण–पत्र वितरण 
८ औँ साधारणसभामा होमस्टे संचालनका लागि पूर्वतयारी तालिममा सहभागिलाई प्रमाणपत्र वितरण गरिएको छ । पर्यटन कार्यालय काँकरभिट्टा झापाको आयोजना, सुर्योेदय नगरपालिका १० वडा कार्यालयको समन्वय र समावेसी टोल विकास संस्थाको व्यवस्थापनमा सम्पन्न भएको तालिमका सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको थियो । तालिममा सहभागिलाई प्रमुख अतिथि पेमाउगेन लामाले प्रमाण–पत्र हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार