Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पथरी विरुद्ध मछिन्द्रका रोहित चन्द आज सस्पेन्समा

पथरी विरुद्ध मछिन्द्रका रोहित चन्द आज सस्पेन्समा

  • नमीन ढकाल
  • बुधबार, बैशाख ९ २०८३


पथरी विरुद्ध मछिन्द्रका रोहित चन्द आज सस्पेन्समा

इलाम गोल्डकपको फाइनल प्रवेशका लागि आज ए डिभिजन लिग पूर्व च्याम्पियन मछिन्द्र फुटबल क्लब र पथरी–११ भिड्दैछन् । मछिन्द्रले एन पेनाङ एफसी मलेसिया र पथरीले घरेलु टिम रेडहर्सलाई हराउँदै सेमिफाइनल पुगेको हो । राष्ट्रिय खेलाडीले भरिएको मछिन्द्र क्लबमा नेपाली राष्ट्रिय टिमलाई कप्तान गरिसकेका रोहित चन्द समेत छन् ।

पहिलो खेलमा उनको नाम प्लेयर लिस्टमा समेत देखिएन् । रोहित दर्शकदिर्घामा बसेर खेल हेरेका थिए । आजको खेलमा रोहितलाई मुख्य आर्कषणको रुपमा हेरिएको छ । तर रोहित खेल्ने वा नखेल्ने भन्ने बिषयमा आफु समेत अनविज्ञ रहेको प्रशिक्षक प्रवेश कट्वाल बताउँछन् । ‘ यो कुरा सस्पेन्स नै छ । मलाई पनि रोहितले सस्पेन्समा नै राखेको छ ।’ प्रवेशले भने

मछिन्द्रको टिममा नेपालबाट प्रतिनिधित्व गरेका सनिश श्रेष्ठ, मिलन चाम्लिङ राई, विशाल श्रेष्ठ, देवेन्द्र तामाङ, रहेका छन् । नेपाली यु–२० राष्ट्रिय टिमका दिपेश गुरुङ र अविनाश स्याङतान समेत रहनेछन् । मलेसिया विरुद्धको खेलमा गोलरक्षक एवम कप्तान विशाल श्रेष्ठ बेञ्चमा रहेका थिए । टिमको गोलपोष्ट प्रदिप भण्डारीले सम्हाल्दै पेनाल्टी सुटआउटमा टिमलाई जित दिलाए । आजको खेलमा विशाल खेल्न सक्ने सम्भावना रहेको छ ।

आयोजक माथि पेनाल्टी सुटआउटमा जित निकालेको पथरी मनोज राई, पदम भट्टराई, राम वाजी, आशिष लावती, अनिल मगर लगायतका खेलाडीहरु मैदान उत्रिएका थिए । मछिन्द्र विरुद्धको खेलमा नेपाली राष्ट्रिय टिमका सदस्य सृजन गौतम र रोशन पहारी खेल्दैछन् । उमेर समुहका यु–२० राष्ट्रिय खेलाडी सुजल डंगोल समेत छन् ।

कुलदिप कार्की, मौसम लिम्बु लगायतका खेलाडीहरु आज टिममा रहेका छन् । पथरीको प्रशिक्षक अर्जुन बस्नेत रहेका छन् । बस्नेतले १६ औ इटहरी गोल्डकपमा गछिया युवा समाजलाई उपाधि समेत दिलाइ सकेका छन् ।

९ औ भरौल गोल्डकपको उपविजेता बनेको पथरीबाट खेलेका मिलन चाम्लिङ राई इलामको मैदानमा प्रतिद्धन्द्धीको रुपमा आज मैदान उत्र्दैछन् । आजको खेलको विजेताले कम्तीमा ५ लाख रुपैया सुरक्षित गर्नेछ । मछिन्द्र र पथरी दोश्रो पटक आमनेसामने भएका हुन् । यसअघि गत बर्ष भएको पाँचौ पाँचथर गोल्डकपमा मछिन्द्र फुटबल क्लब ३–१ गोल अन्तरले बिजयी भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार