Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चित्लाङले एनआरटी विरुद्ध हारको श्रृङखला इलाममा तोड्ला ?

चित्लाङले एनआरटी विरुद्ध हारको श्रृङखला इलाममा तोड्ला ?

  • नमीन ढकाल
  • मंगलबार, बैशाख ८ २०८३


चित्लाङले एनआरटी विरुद्ध हारको श्रृङखला इलाममा तोड्ला ?

इलाम । तेश्रो इलाम गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन न्यूरोड टिम (एनआरटी) र चित्लाङ फुटबल क्लब भिड्दैछन् । राष्ट्रिय लिगमा एक अर्का विरुद्ध प्रतिस्पर्धा गरेका यी २ क्लब इलामको मैदानमा पहिलो पटक भेट भएका हुन् ।

आधिकारिक खेलमा २ पटक प्रतिस्पर्धामा एनआरटीले बाजी मारेको थियो । अन्तिम पटक राष्ट्रिय लिगमा एनआरटीले २–१ गोल अन्तरको जित निकालेको थियो । त्यसअघि डोमलाल राजवंशी रंगशालामा भएको पहिलो झापा कपमा एनआरटी ४–१ गोल अन्तरको फराकिलो जित निकालेको थियो ।

इलामको मैदानमा यसअघि भएका दुवै संस्करणको प्रतियोगिता एनआरटीले उपाधि जितेको थियो । यसअघि जिवन सिन्केमानको प्रशिक्षणमा इलाम आएका टोलीको प्रशिक्षको रुपमा यस पटक श्याम माली रहेका छन् । यस पटक इलामको मैदानको विशेष आर्कषणको रुपमा चित्लाङ एफसीका एरोन थापा रहेका छन् ।

छोटे उपनामले चिनिएका एरोन इलाममा प्रतिस्पर्धाका लागि आज आउँदैछन् । इलामको मैदानमा एरोनले ५ सय आफ्नो नाम अंकित जर्सी फ्यान्सहरुलाई उपलब्ध गराउने घोषणा गरेका छन् । चित्लाङले राष्ट्रिय लिगमा सहभागि भएका खेलाडी बाहेक टिममा अन्य खेलाडीहरु समावेश गरेको छैन् ।

सकल रेग्मीको कप्तानीमा लिगमा उत्रिएको चित्लाङबाट ३ जना विदेशी खेलाडीहरु इलाममा खेल्ने तय भएको छ । चित्लाङबाट बाबातुन्डी, सोलोमन लेसान्मी लगायतका विदेशी खेलाडीहरु मैदान उत्रदैछन् । काठमाण्डौ लिग च्याम्पियन र बागमती लिग च्याम्पियन हुँदै चित्लाङले राष्ट्रिय लिगमा स्थान बनाएको हो ।

लिग रोकिनु अघिसम्म १२ खेलमा केवल १ जित र ५ बराबरीसंगै ८ अंकको साथ १५ औ स्थानमा रहँदै रेलिगेसन जोनमा रहेको छ । एनआरटीबाट इलामको मैदान राष्ट्रिय टिमका गोलरक्षक विशाल सुनार, आशिष गुरुङ, आदित्य शाक्य इलाममा प्रतिस्पर्धा गर्दैछन् ।

सरोज घिसिङ टिममा हुने नहुने बारेमा यकिन भएको छैन् । उमेर समुहका यु–२३ का विवेक गुरुङ, यु–१९ का रोहन मोक्तान र यु–२० का विज्ञान खड्का समेत हुनेछन् । नेपाली राष्ट्रिय टिमका फरवार्ड मनिष डाँगी इलामको मैदानमा न्युरोड टिमका देखिने छैनन् । इन्जुरीका कारण उनी इलाम आएनन् ।

कप्तान अञ्जन विष्ट सिक्किम लिगका लागि थन्डरबोल्टमा रहेका कारण इलाममा देखिने छैनन्। राष्ट्रिय टिमका सदस्य कृतिशरत्न छुन्जु भुटानी लिगका लागि थिम्पु एफसीमा आवद्ध रहेका छन् । एनआरटी राष्ट्रिय लिगमा ११ खेलमा ५ जित र ५ बराबरी निकाल्दै २० अंकको साथ सातौ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार