Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामको मैदानमा रोलिङ र फिदिमबाट कस्ता खेलाडी उत्र्नेछन् ?

इलामको मैदानमा रोलिङ र फिदिमबाट कस्ता खेलाडी उत्र्नेछन् ?

  • नमीन ढकाल
  • आइतबार, बैशाख ६ २०८३


इलामको मैदानमा रोलिङ र फिदिमबाट कस्ता खेलाडी उत्र्नेछन् ?

इलाम : तेश्रो इलाम गोल्डकपको दोश्रो क्वाटरफाइनल खेलमा पाँचथर स्र्पोटिङ क्लब र रोलिङ क्लब धुलाबारी झापा भिड्दैछन् । नेपाली फुटबलको उर्वर भुमि झापाले इलामको मैदानमा उपाधि जित्न लक्ष्यका साथ नेपाली राष्ट्रिय टिमका खेलाडी र विभिन्न ए डिभिजन क्लबबाट खेलेका खेलाडीहरु मैदान उतार्ने तयारी गरेको छ ।

प्राप्त जानकारी अनुसार धुलाबारीको टिममा ३ जना नेपाली यु–२३ राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरु हुनेछन् । टिममा पूर्वका गोल्डकपमा सहभागिता जनाइसकेका ए डिभिजन विभिन्न क्लबबाट खेलाडीहरु समेत हुनेछन् । धुलाबारीको गोलपोष्ट नेपाली राष्ट्रिय टिमका सब्स्टिच्युट गोलरक्षक योगेश धिमालले सम्हाल्नेछन् ।

रोलिङले गत माघमा भारतमा भएको सुकुना गोल्डकपमा सहभागिता जनाएको थियो । प्रतियोगिताको फाइनल खेलमा भारतकै लिजेन्ड फुटबल एकाडेमीसंग पराजय भोगेको थियो । धुलाबारीले हरेक बर्ष रोलिङ च्यालेन्ज कप आयोजना गर्दै आएको छ । गत बर्ष उसले ९ औ संस्करण सम्पन्न गरेको थियो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको क्लब धुलाबारी पहिलो पटक इलाम गोल्डकपमा खेल्ने अवसर पाएको हो । त्यसैगरी पहिलो पटक नै इलामको मैदानमा उत्र्ने तयारीमा रहेको पाँचथरमा जिल्ला बाहिरका ६ जना खेलाडी हुनेछन् । फिदिमबाट नेपाली राष्ट्रिय टिमका सब्स्च्यिुट गोलरक्षक अविशेक बरालले गोलपोष्ट सम्हाल्नेछन् ।

टिममा नेपाली यु–२३ राष्ट्रिय टिमका सुजन मगर र सविन घिमिरे , नेपाल यु–२० का जोन बिष्ट, नेपाल पुलिस क्लबका धिरेन्द्र शाही खेल्दैछन् । फिदिमले फाल्गुनन्द गोल्डकपको ११ औ संस्करण सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार