Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

घरेलु टिम रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

घरेलु टिम रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शनिबार, बैशाख ५ २०८३


घरेलु टिम रेडहर्सलाई हराउँदै पथरी सेमिफाइनल प्रवेश

इलाम । घरेलु टिम रेडहर्स फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै पथरी–११ फुटबल क्लब मोरङ तेश्रो अन्तराष्ट्रिय आमन्त्रण इलाम गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । इलामको ठुलो टुडिखेलमा आजबाट सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा टाइब्रेकरमा ४–२ गोल अन्तरले जित निकाल्दै पथरीले अन्तिम ४ मा स्थान बनाएको हो ।

निर्धारित समयमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । पथरीको जितमा आशिष लावती, अनिल मगर, कप्तान युकेश तामाङ र पदम भट्टराईले गोल गरे । राम वाजीको प्रहार रेडहर्सका गोलरक्षक विवेक मगरले बचाएका थिए । रेडहर्सको तर्फबाट विवेक सुनाम र रोमन योगीले गोल गरे ।

सन्देश खवासको प्रहार बाहिरिएको थियो भने किरण सुनुवारको प्रहार पथरीका गोलरक्षक बिशाल डी मगरले बचाएका थिए । खेलको सुरुवाती समयमा लिएको अग्रता जोगाउन नसक्दा घरेलु टिम पहिलो पटक सेमिफाइनल पुग्न असफल भएको हो ।

यसअघिका २ संस्करणमा घरेलु टिमले सेमिफाइनलसम्म स्थान सुरक्षित गरेको थियो । खेलको दोश्रो मिनेटमा सन्देश खवासको प्रहार साइड बारमा लाग्दै गोल हुन पुगेको थियो । ९० मिनेटको निर्धारित समयसम्म गोल गर्न असफल रहेको पथरीका लागि दोश्रो हाफको इन्जुरी समयमा सब्टिच्युट खेलाडी सौय राउतले गोल गर्दै बराबरीमा ल्याएका थिए ।

खेलको म्यान अफ दि म्याच पथरीका आशिष लावती घोषित भए । उनले नगद ८ हजार १ सय प्राप्त गरे । प्रतियोगिताको दोश्रो क्वाटरफाइनल खेलमा रोलिङ क्ल्ब झापा र पाचथर फुटबल क्लब पाँचथर बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार