इलाम । इलाम नगरपालिका–१२ स्थित श्री रत्नलक्ष्मी आधारभूत विद्यालयको नव–निर्मित प्रवेशद्वार एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। विद्यालयका संस्थापक अध्यक्ष तथा समाजसेवी स्वर्गीय गम्भिर बहादुर कटुवालको स्मृतिमा उहाँका परिवारजनको सहयोगमा निर्माण सम्पन्न उक्त प्रवेशद्वार पवित्रा देवी कटुवालको हातबाट उद्घाटन गरिएको हो।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविनकुमार लिम्बूको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्ष लाखमान लिम्बू प्रमुख अतिथि तथा पवित्रा देवी कटुवाल, वडा सदस्य नेत्र घिमिरे , पूर्व अध्यक्ष यामबहादुर कटुवाल लगायत विभिन्न व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो।
त्यसैगरी अक्षयकोष अध्यक्ष भरतकुमार घिमिरे, समाजसेवीहरू दिपकिशोर लिङदम, गम्भिरजङ्ग कटुवाल, डी।वि। लिम्बू, होम रिजाल, घनश्याम पौडेल, साङ्गरुम्बा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष योग्यकुमार खत्री तथा प्रधानाध्यापक लेखराज कटुवालसहित स्थानीय समाजसेवी, शिक्षक र अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमकै अवसरमा विद्यालयमा हालै सरुवा भई आएका तथा नयाँ नियुक्ति प्राप्त शिक्षकहरू गंगादेवी अधिकारी, विश्वरानी एक्तेन, यामुना कठेत, नीरकुमार खतिवडा, अलका खनाल, दिलकुमार नेम्वाङ र हर्कमान फेजुङलाई स्वागत गरिएको थियो। यस्तै, शैक्षिक सत्र २०८१ को आधारभूत तह (कक्षा–८) परीक्षा उत्कृष्ट जिपिए सहित उत्तीर्ण गर्ने छात्रा जेनिशा प्रसाईलाई प्रोत्साहनस्वरूप ५ हजार नगद पुरस्कार प्रदान गरिएको छ। उक्त पुरस्कार विद्यालय व्यवस्थापन समिति अध्यक्ष नविनकुमार लिम्बूद्वारा हस्तान्तरण गरिएको थियो।