Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

मरब स्ववियूद्धारा विद्यार्थीहरूको सुरक्षासम्बन्धी गम्भीर विषय उठाउँदै प्रजिअको ध्यानाकर्षण

मरब स्ववियूद्धारा विद्यार्थीहरूको सुरक्षासम्बन्धी गम्भीर विषय उठाउँदै प्रजिअको ध्यानाकर्षण

  • सन्देश सम्बाददाता
  • शुक्रबार, बैशाख ४ २०८३


मरब स्ववियूद्धारा विद्यार्थीहरूको सुरक्षासम्बन्धी गम्भीर विषय उठाउँदै प्रजिअको ध्यानाकर्षण

इलाम : महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अध्ययनरत विद्यार्थीहरूको सुरक्षासम्बन्धी गम्भीर विषय उठाउँदै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले जिल्ला प्रशासन कार्यालय, इलामको ध्यानाकर्षण गराएको छ। युनियनद्वारा प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरिएको ज्ञापनपत्रमा क्याम्पस आउने जाने क्रममा विशेषगरी छात्रा विद्यार्थीहरूले विभिन्न स्थानमा असुरक्षा महसुस गर्नुपरेको उल्लेख गरिएको छ।

दुर्गम तथा सुनसान सडकहरूमा अनावश्यक रूपमा बस्ने, बाटो छेक्ने, सिट्ठी बजाउने, मोटरसाइकल तीव्र गतिमा हाँक्ने जस्ता गतिविधि बढेको भन्दै यस्ता कार्यले विद्यार्थीहरूमा भय र असहजता सिर्जना गरेको जनाइएको छ। स्वतन्त्र विद्यार्थी युनियनले विद्यार्थीहरूको शैक्षिक मात्र नभई सामाजिक सुरक्षाको जिम्मेवारी पनि आफूहरूको भएको उल्लेख गर्दै यस्ता घटनाहरूको नियन्त्रणका लागि तत्काल कदम चाल्न माग गरेको छ।

ज्ञापनपत्रमा जिल्ला प्रशासन कार्यालयसहित सम्बन्धित निकायलाई यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी कडा कारबाही गर्न अनुरोध गरिएको छ। “इलाम जस्तो शिक्षित समाजमा समेत यस्ता गतिविधि हुनु दुःखद हो। यसले आम नागरिकको सुरक्षाको अनुभूतिमा प्रश्न उठाएको छ,” युनियनले जनाएको छ। यस विषयलाई लिएर प्रशासनले चाँडो प्रतिक्रिया जनाउने अपेक्षा विद्यार्थीहरूले गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार