Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

घरेलु टिम राजालाई हराउँदै सातदोबाटो सेमिफाइनल प्रवेश

घरेलु टिम राजालाई हराउँदै सातदोबाटो सेमिफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • बुधबार, बैशाख २ २०८३


घरेलु टिम राजालाई हराउँदै सातदोबाटो सेमिफाइनल प्रवेश

सुनसरीको इटहरी रंगशाला मा जारी १६औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लब ले प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। बुधबार राति सम्पन्न क्वाटरफाइनल खेलमा आयोजक राष्ट्रिय जागृति (राजा) क्लब  लाई २–० ले हराउँदै सातदोबाटोले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको सातदोबाटोले पहिलो हाफमै खेल आफ्नो पक्षमा पार्यो। ३१औं मिनेटमा सुरज ज्यु ठकुरी ले टाढाबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत हुँदा टोलीले अग्रता लियो। त्यसको केही मिनेटमै, ३५औं मिनेटमा समिर तामाङ ले अवसरलाई सदुपयोग गर्दै दोस्रो गोल थपे र टोलीलाई मजबुत स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा आयोजक टोलीले खेलमा फर्कने प्रयास गरे पनि सातदोबाटोको डिफेन्स मजबुत देखियो। अवसरहरू सिर्जना भए पनि जागृति गोल फर्काउन असफल रहँदा प्रतियोगिताबाट बाहिरिनुपर्‍यो। उत्कृष्ट खेल प्रदर्शन गरेका समिर तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए र उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

अब सातदोबाटोले सेमिफाइनलमा प्लानिङ ब्वाइज युनाइटेड र युनाइटेड खर्साङ फुटबल क्लब बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको उपाधि जित्ने टोलीले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया
सम्बन्धित समाचार