Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

फिक्कल खानेपानीको अध्यक्षमा प्रधान विजयी

फिक्कल खानेपानीको अध्यक्षमा प्रधान विजयी

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २८ २०८२


फिक्कल खानेपानीको अध्यक्षमा प्रधान विजयी

इलाम : फिक्कल खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा राजन प्रधान बिजयी भएका छन् । उनी २८० मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिस्पर्धी पदम बहादुर खत्री (नविन) ले १२९ मत प्राप्त गरे । उपाध्यक्षमा अभिषेक पौडेल २३७ मतसहित निर्वाचित भएका छन् ।

उनका प्रतिस्पर्धी पुण्य कुमार मुखियाले १५२ मत प्राप्त गरे । सचिवमा प्रकाश घिमिरे १६० मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी डम्बर बहादुर प्रधानले १४७ मत प्राप्त गरे । याम बहादुर गदाल (कमल) ले २८ र शंकर प्रसाद गदालले २० मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा साधना फागो निर्विरोध निर्वाचित भएकी छन्। त्यसैगरी महिला सदस्यतर्फ देउ कुमारी कट्टेल २५४ मत र शारदा मुखिया १६५ मत प्राप्त गर्दै विजयी भएका छन्। खुला सदस्यतर्फ अर्जुन कुमार सुवेदी २३६ मत, डम्बर बहादुर प्रधान १८७ मत, महेश प्रधान १४३ मत, भोगिन्द्र बहादुर कार्की १४० मत र सुवास भट्टराई १३१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले खानेपानी व्यवस्थापन र सरसफाइ सुधारलाई प्राथमिकतामा राख्दै संस्थाको सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार