काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाहले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
रास्वपा सभापति रवि लामिछानेले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई पदमुक्त गर्न र स्वास्थ्यमन्त्री मेहतालाई सचेत बनाउन सिफारिस गरेका थिए।
पहिले निलम्बनमा परेकी बिमा बोर्डकी सदस्य जुनु श्रेष्ठलाई नयाँ सरकार गठन भएसँगै पुनर्बहाली गरिएको थियो। श्रममन्त्री साहकी श्रीमती हुन्। साह मन्त्री नियुक्त भएसँगै श्रेष्ठलाई पुनर्बहाली गरेको आरोप लागेको छ भने विभागीय मन्त्री मेहता पनि विवादमा तानिएकी छिन्।