काठमाडौं : सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ। इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो।
नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको हो।
