Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

आमाको स्मृतिमा कन्काई माविमा नरकुमारले बनाइदिए खानेपानी ट्यांकी

आमाको स्मृतिमा कन्काई माविमा नरकुमारले बनाइदिए खानेपानी ट्यांकी

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र २४ २०८२


आमाको स्मृतिमा कन्काई माविमा नरकुमारले बनाइदिए खानेपानी ट्यांकी

इलाम । इलाम जिल्लाको माई नगरपालिका–२ स्थित श्री कन्काई माध्यमिक विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले खानेपानी ट्यांकी निर्माण भइरहेको छ। कन्काईका पूर्व विद्याथी समेत रहेका माई नगरपालिका–४ का बासिन्दा नरकुमार मगरले आफ्नी स्वर्गीय आमा जीतमाया गुर्वछाने मगरको स्मृतिमा विद्यालय परिसरभित्र उक्त ट्यांकी निर्माण गराइरहेका हुन्।

हाल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबियामा रहेका मगरले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शुद्ध खानेपानीको सुविधा उपलब्ध गराउने उद्देश्यले व्यक्तिगत पहलमा ट्यांकी निर्माण सुरु गराएका हुन्। निर्माणाधीन ट्यांकीको क्षमता २ हजार लिटर रहेको छ भने यसको लागत करिब १ लाख ५० हजार रुपैयाँ रहेको जनाइएको छ।

मगरले विद्यालयलाई आवश्यक पूर्वाधार उपलब्ध गराउने अवसर प्रदान गरेकोमा विद्यालयका प्रधानाध्यापक हरि प्रसाद पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण कुमार खाकी लगायत सम्पूर्ण पदाधिकारीप्रति आभार व्यक्त गरेका छन्।

उनले आफ्नो सानो प्रयासले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शुद्ध खानेपानी प्राप्तिमा सहजता हुने अपेक्षा समेत व्यक्त गरेका छन्। उक्त खानेपानी ट्यांकीको औपचारिक उद्घाटन आगामी वैशाख ४ गते मातातीर्थ औँशीको अवसरमा गरिने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार