Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामको पूर्वाधारदेखि पर्यटनसम्म : प्रधानमन्त्री शाहलाई सुहाङका यस्ता सुझाव

इलामको पूर्वाधारदेखि पर्यटनसम्म : प्रधानमन्त्री शाहलाई सुहाङका यस्ता सुझाव

  • सन्देश सम्वाददाता
  • मंगलबार, चैत्र १७ २०८२


इलामको पूर्वाधारदेखि पर्यटनसम्म : प्रधानमन्त्री शाहलाई सुहाङका यस्ता सुझाव

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सरकारसमक्ष इलामको कृषि तथा पर्यटन क्षेत्रलाई विशेष ध्यान दिन सके देशकै अर्थतन्त्रमा सकारात्मक टेवा पुग्ने भन्दै लगानीका लागि सुझाव दिएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहले  सिंहदरबारमा कोशीका सांसदहरूसँग गरेको छलफलमा इलाम-२ का सांसद नेम्वाङले आफ्नो क्षेत्रका समस्या र समाधानका उपाय पेश गरेका थिए । सुहाङले पूर्वाधार विकास, विपद जोखिम न्यूनीकरण, शिक्षा, स्वास्थ्य, सञ्चार, सुकुमबासी समस्यालगायतका विषय राखेका थिए ।

दमक-चिसापानी सडकको ठेक्का प्रक्रिया सुरू गर्नुपर्ने, बेलाँसे सडकको काम थाल्नुपर्ने, केही समयअघिको बाढीपहिरोबाट प्रभावित क्षेत्रमा स्थायी बसोबास, पूर्वाधारको पुनर्निर्माणका लागि पनि उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै अस्पतालमा दरबन्दीको पूर्ती, उपकरणको पर्याप्तता, प्रविधिमैत्री शिक्षा, भूमिविहीनको धनीपुर्जा समस्यालगायतका विषयमा पनि जानकारी गराएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार