बालज्योति माध्यमिक विद्यालयमा रहेको साथी–साथी बालक्लबको १७औँ वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै फागुन २८ गते सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेतु प्रकाश राईको प्रमुख आतिथ्य तथा शिक्षक–अभिभावक संघका संयोजक खगेन्द्र पौडेलको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता क्लब अध्यक्ष सोस्तिका अधिकारीले गरेकी थिइन्।
कार्यक्रममा तत्कालीन सचिव कृतिका पौडेलले ५ लाख १ हजार ५ सय ११ रुपैयाँ बराबरको वार्षिक आय–व्यय विवरण प्रस्तुत गरिन् भने अध्यक्ष सोस्तिका पौडेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। सहायक प्रधानाध्यापक विष्णु गौतमको संयोजन तथा शिक्षक धनबहादुर फियाक र युवराज पौडेल सदस्य रहेको निर्वाचन समितिले दिएको समयसीमाभित्र विद्यार्थीहरूको सहमतिमा नयाँ समिति सर्वसम्मत चयन गरिएको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा कृतिका अधिकारी, उपाध्यक्षमा सृष्टि खड्का, सचिवमा आइस्मा कार्की, सहसचिवमा सृष्टि अधिकारी र कोषाध्यक्षमा सजिना लिम्बू चयन भएका छन्। सदस्यहरूमा परिस्ता राई, सानिम्सा राई, बृक्षा थाम्सुहाङ, रेष्मा राई, सुस्मिता साम्बा, रिना लिम्बू, पुष्पा पराजुली, आर्य मगर, गोविन्द भट्टराई, विमि कुमाल र बालकृष्ण दुलाल रहेका छन्।