Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलाम क्षेत्र नं १ मा कांग्रेसका निश्कल राई बिजयी

इलाम क्षेत्र नं १ मा कांग्रेसका निश्कल राई बिजयी

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन २५ २०८२


इलाम क्षेत्र नं १ मा कांग्रेसका निश्कल राई बिजयी

इलाम क्षेत्र नं १ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङलाई हराउँदै राई निर्वाचित भएका हुन् । आधिकारिक घोषणा गर्न बाँकी रहेको छ ।

तेश्रो स्थानमा  नेकपा एमालेका काजीमान कागतेले र चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका बिमल गदाल रहेका छन् । पाँचौ स्थानमा नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राई रहेका छन् ।

इलाम क्षेत्र नं १ मा २०५६ साल बाहेक अन्य निर्वाचनमा नेपाली कांग्रेसले जित निकाल्न सकेको थिएनन् । २०५६ सालमा कांग्रेसका बेनुपराज प्रसाईले झलनाथ खनाललाई हराएका थिए । बामपन्थीको पकड क्षेत्र इलाम–१ मा हालसम्म खनाल र महेश बस्नेत बिजयी बनेका थिए ।
यस्तो छ उनको राजनीतिक इतिहास
निश्कल राई लामो समयदेखि नेपाली कांग्रेस को संगठनात्मक राजनीतिमा सक्रिय रहेका नेता हुन्। विद्यार्थी राजनीति र स्थानीय संगठन निर्माणबाट राजनीतिमा अघि बढेका राई पार्टीभित्र क्रमशः स्थापित हुँदै आएका थिए।

पार्टीको १४औँ महाधिवेशनका क्रममा उनी इलाम–१ (ख) प्रदेशसभा क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए। यो जितले उनलाई इलाममा कांग्रेसको युवा नेतृत्वका रूपमा स्थापित गर्यो । त्यसपछि उनले गाउँ–गाउँमा संगठन विस्तार, कार्यकर्ता परिचालन र स्थानीय मुद्दामा सक्रियता बढाउँदै आएका थिए।

निर्वाचन अभियानका क्रममा राईले इलामको कृषि, चिया उद्योग, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिएका थिए। इलामको आर्थिक विकास स्थानीय उत्पादन र पर्यटनसँग जोडिएको भन्दै उनले यी क्षेत्रलाई सुदृढ बनाउने योजना अघि सारेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार