इलाम क्षेत्र नं १ को प्रारम्भिक मतपरिणाम अनुसार नेपाली कांग्रेसका निश्कल राईले अग्रता बनाएका छन् । सूर्योदय नगरपालिका–७ स्थित कृष्णाश्रम माविमा खसेको १२२६ मत मध्ये कांग्रेसका राईले ३९९ मत प्राप्त गरे । उनलाई नेकपा एमालेका काजीमान कागतेले ३१८ मत प्राप्त गरेका छन् ।
श्रम संस्कृति पार्टीका बिनोद नेम्वाङले १५८ मत प्राप्त गरेका छन् । रास्वपाका बिमल गदालले १४६ मत प्राप्त गरे । नेपाली कम्युनिष्ट पार्र्टीका रणबहादुर राईले ९६ मत पाएका छन् । अन्य उम्मेदवारले दोहोरो अंकको मत पाउन सकेनन् ।
मंगोल नेशनल अगनाइजेसनका बुद्धलाल मेचेले ६ मत, राप्रपाकी ज्वाला नेपालले ५ मत, उज्यालो नेपाल पार्टीका हरि गुरुङ र जनता समाजवादी पार्टीका लिला बहादुर सुनुवारले ३/३ मत पाए । संघीय लिम्बुवान राष्ट्रिय मञ्चका राम प्रसाद लिम्बुले १ मत पाए । अन्य उम्मेदवारले मत पाउन सकेनन् । कुल खसेको मध्ये ९१ मत बदर भएको छ ।