Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ निर्वाचन : चुलाचुली–६ बाट प्रारम्भिक मत परिणाम सार्वजनिक, सुहाङको अग्रता

इलाम–२ निर्वाचन : चुलाचुली–६ बाट प्रारम्भिक मत परिणाम सार्वजनिक, सुहाङको अग्रता

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २२ २०८२

इलाम–२ निर्वाचन : चुलाचुली–६ बाट प्रारम्भिक मत परिणाम सार्वजनिक, सुहाङको अग्रता

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नं। २ अन्तर्गतको निर्वाचनमा चुलाचुली गाउँपालिका–६ को प्रारम्भिक मतगणनाको परिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतपरिणाम अनुसार सूर्य चिन्हका उम्मेदवार सुहाङ नेम्वाङ ४९१ मतसहित अग्रस्थानमा रहेका छन्। त्यस्तै माटो चिन्हका सुदिप राई ४४३ मतसहित दोस्रो स्थानमा रहेका छन्।

यसैगरी रूख चिन्हका भेसराज आचार्य ले २१० मत प्राप्त गरेका छन् भने घण्टी चिन्हका गोकुल राई ले १७१ मत पाएका छन्। तारा चिन्हका ओम गुरुङ ले ५१ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको र अन्य मतदान केन्द्रहरूको परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

हालसम्मको नतिजा प्रारम्भिक भएकाले आधिकारिक घोषणा हुन बाँकी रहेको बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार