Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलाम–२ मा मतगणना सुरु हुने तयारी

इलाम–२ मा मतगणना सुरु हुने तयारी

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन २२ २०८२


इलाम–२ मा मतगणना सुरु हुने तयारी

इलाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर–२ मा मतगणना सुरु गर्ने तयारी गरिएको छ। चुलाचुली गाउँपालिका–६ बाट मतगणना सुरु हुने भएको हो । मतगणना कार्यका लागि सिल रुजु गर्नका लागि मतगणनास्थलमा बोलाइएको छ ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणनास्थललाई तारबारले घेरिएको छ भने सीसीटीभी क्यामेरा जडान गरी सुरक्षाकर्मी परिचालन गरिएको छ। मतगणना निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी तयारी गरिएको प्रशासनले जनाएको छ।

यस निर्वाचन क्षेत्रमा चुलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, इलाम नगरपालिका तथा माई नगरपालिकाका केही वडाका मतदाताहरू समेटिएका छन्। मतगणना सुरु भएसँगै नतिजाबारे चासो बढेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार