इलाम । नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मतदातका लागि इलाम आइपुगेका छन् । भोली हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि इलाम आइपुगेका हुन् । नेता खनाल मतदानका लागि काठमाडौँबाट इलाम आइपुगेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
खनालले इलामको सूर्योदय नगरपालिका– ९ स्थित रमफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।