Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामका २ मतदान केन्द्रमा दुई हजार ८३७ अस्थायी मतदाता

इलामका २ मतदान केन्द्रमा दुई हजार ८३७ अस्थायी मतदाता

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन १५ २०८२


इलामका २ मतदान केन्द्रमा दुई हजार ८३७ अस्थायी मतदाता

इलाम । आउँदो फागुन २१ को निर्वाचनका लागि इलाममा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको छ । इलाम सदरमुकाम स्थित बाल मन्दिर र कारागार कार्यालयमा गरि दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको हो ।

बाल मन्दिरमा रहेको मतदान केन्द्रमा जिल्ला स्थित संवैधानिक निकायका प्रमुखहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सुरक्षाकर्मी र कर्मचारी अन्य सबै गरि दुईहजार ६३४ अस्थाइ मतदाता संख्या रहेको छ ।

कारागारमा रहेको मतदान केन्द्रमा रणशार्दुल गण गडीथुुम्का इलाम र कारागार कार्यालयका कर्मचारी, थुनुवा र कैदीबन्दी गरि दुई सय तीन जना अस्थायी मतदाता रहेका छन् । अस्थाइ मतदातामा कैदीबन्दी र थुनुवाको मात्रै संख्या भने एक सय रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लामा अस्थाइ मतदाताको संख्या कुल दुई हजार ८३७ रहेको छ । यी दुई मतदान केन्द्रमा बाहेक जिल्ला भर निर्वाचनमा खटिएका र अस्थायी मतदाता नामावलीमा नाम रहेका कर्मचारीहरुले सम्बन्धित केन्द्रमै समानुपातिकमा मतदान गर्न पाउने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयँलले बताए ।

अस्थायी मतदाताले दलहरुलाई समानुपातिक तर्फमात्र मतदान गर्न पाउनेछन् । पालिका पेजबाट

प्रतिक्रिया
सम्बन्धित समाचार