Local Sandesh आइतबार, साउन १० २०८३
  • ट्रेण्डिङ :

पुन्य स्मारिका आधारभूत विद्यालयको ३८औँ वार्षिकोत्सव सम्पन्न

पुन्य स्मारिका आधारभूत विद्यालयको ३८औँ वार्षिकोत्सव सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन १२ २०८२


पुन्य स्मारिका आधारभूत विद्यालयको ३८औँ वार्षिकोत्सव सम्पन्न

फिक्कल । इलामको सूर्योदय नगरपालिका–११, तीनघरेस्थित पुन्य स्मारिका आधारभूत विद्यालयको ३८औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष मंगलकुमार राईको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य रचनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।

कार्यक्रममा गायक भूपेन्द्र राईले पनि सांगीतिक प्रस्तुति दिएका थिए। कक्षा ८ सम्म सञ्चालन हुँदै आएको विद्यालयमा हाल २१० जना विद्यार्थी अध्ययनरत रहेका छन्। पछिल्लो समय शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिँदै विद्यालय नमुना शैक्षिक संस्थाका रूपमा स्थापित हुँदै गएको विद्यालय प्रशासनले जनाएको छ।

कार्यक्रममा सूर्योदय नगरपालिका–११ का वडाध्यक्ष सन्तोष राई तथा शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले विद्यालयको प्रगति र आगामी योजनाबारे धारणा व्यक्त गरेका थिए। उनीहरूले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। उक्त अवसरमा जनप्रतिनिधि, छिमेकी विद्यालयका प्रधानाध्यापक, अभिभावक तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार