Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

आर्मीलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला च्याम्पियनको उपाधि

आर्मीलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला च्याम्पियनको उपाधि

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन १० २०८२


आर्मीलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला च्याम्पियनको उपाधि

उदयपुर : एन्फा महिला च्याम्पियनको उपाधि विभागिय टोली नेपाल एपीएफ क्लबले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो। उदयपुरको गाईघाटस्थित थरूहट रङ्गशालामा सम्पन्न फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

खेलको ५५औं मिनेटमा गीता रानाले डेडलक तोड्दै एपीएफलाई सुरूवाती अग्रता दिलाएकी थिइन्। ६८औं मिनेटमा रेणुका नगरकोटीले गोल थपेपछि एपीएफले २(० को अग्रता बनाएको थियो । त्यसको ३ मिनेटपछि जेनिफर रानाले गोल गर्दै आर्मीलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन्। तर त्यपछि दुवै पक्षबाट थप गोल हुन नसक्दा एपीएफ च्याम्पियन बन्यो। च्याम्पियन बनेसँगै एपीएफले ७ लाख ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्यो ।

उपविजेतामा सीमित आर्मीले पाँच लाख रूपैयाँ प्राप्त गरेको छ। प्रतियोगितामा एपीएफकी रश्मी कुमारी घिसिङ हाइएस्ट स्कोरर बन्दै ५० हजार र गोल्डन बुट प्राप्त गरिन्। आर्मीका दीपा शाही मोस्ट भ्यालुएवल प्लेयर बन्दै ५० हजारसँग ट्रफी प्राप्त गरिन्। यसै गरी उत्कृष्ट गोलकिपर एपीएफकी अञ्जना रानामगर बनिन्। उनले गोल्डन ग्लोभ्ससँगै ५० हजार प्राप्त गरिन्।

प्रतिक्रिया
सम्बन्धित समाचार