Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

  • सन्देश सम्वाददाता
  • मंगलबार, फाल्गुन ५ २०८२


दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई चार दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।

अफवाह फैलाएर सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा थप अनुसन्धान आवश्यक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रसाईंलाई सोमबार राति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो । भक्तपुरबाट पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । उनीमाथि निर्वाचनसम्बन्धी अफवाह फैलाएको आरोप छ ।

प्रसाईंले यही फागुन २१ गते कुनै पनि हालतमा निर्वाचन नहुने भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका थिए । यसअघि वीरगञ्ज जान लाग्दा चाल्नाखेलबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

त्यसअघि उनी पोखराबाट पनि पक्राउ परिसकेका थिए । निर्वाचनको मिति तोकिएयता मात्रै प्रसाईं तीन पटक पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार