Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकाका अध्यक्ष स्याङबोलाई “प्रथम छत्र खतिवडा स्मृति सिर्जनशिल पुरस्कार–२०८२” प्रदान, नगदराशी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा

रोङ गाउँपालिकाका अध्यक्ष स्याङबोलाई “प्रथम छत्र खतिवडा स्मृति सिर्जनशिल पुरस्कार–२०८२” प्रदान, नगदराशी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा

  • सन्देश सम्बाददाता
  • आइतबार, फाल्गुन ३ २०८२


रोङ गाउँपालिकाका अध्यक्ष स्याङबोलाई “प्रथम छत्र खतिवडा स्मृति सिर्जनशिल पुरस्कार–२०८२” प्रदान, नगदराशी एम्बुलेन्स खरिदमा सहयोग गर्ने घोषणा

इलाम। सिर्जनशील र सामाजिक कामको कदर गर्दै रोङ गाउँपालिकाका अध्यक्षलाई “प्रथम छत्र खतिवडा स्मृति सिर्जनशिल पुरस्कार–२०८२” बाट सम्मान गरिएको छ। एक विशेष समारोहका बीच पुरस्कार वितरण गरिएको हो। पबित्रा–भेषराज खतिवडा स्मृती प्रतिष्ठान बुद्धशान्ति गाउँपालिका–५ ले आयोजना गरेको कार्यक्रममा अध्यक्षलाई नगदराशी रु ५१ हजार रुपैयाँ सहित सम्मान प्रदान गरिएको थियो। उनलाई बरिष्ठ पत्रकार तीर्थ कोइरालालले सम्मानपत्र प्रदान गरे ।

पुरस्कार ग्रहण गर्दै अध्यक्ष तथा समाजसेवी स्याङ्गबोले प्राप्त सम्पूर्ण रकम एम्बुलेन्स खरिद सहयोग संकलन कोषमा जम्मा गर्ने घोषणा गरेका छन्। गाउँपालिकामा आकस्मिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न एम्बुलेन्स आवश्यक रहेको उल्लेख गर्दै उनले पुरस्कार रकम सामाजिक हितमै खर्च गर्ने प्रतिबद्धता जनाएका हुन्। कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

वक्ताहरूले अध्यक्षको निर्णयलाई उदाहरणीय र प्रेरणादायी कार्यका रूपमा प्रशंसा गरेका थिए। पुरस्कृत अध्यक्षको यस उदारणीय र समाजसेवी कार्यप्रति स्थानीयवासीले हार्दिक सम्मान व्यक्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार