Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

प्रवासीसँग नेकपाका उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सो’को भर्चुअल अन्तरक्रिया

प्रवासीसँग नेकपाका उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सो’को भर्चुअल अन्तरक्रिया

  • सन्देश सम्बाददाता
  • शनिबार, फाल्गुन २ २०८२


प्रवासीसँग नेकपाका उम्मेदवार हर्क नेम्बाङ ‘मिक्सो’को भर्चुअल अन्तरक्रिया

पाँचथरः प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र पार्ने उद्देश्यसहित नेपाली कम्युनिष्ट पार्टीले प्रवासका पाँचथरेलीसँग भर्चुअल अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रममा प्रवासमा रहेका नेता(कार्यकर्ता तथा शुभेच्छुकहरू सहभागी भई निर्वाचन तयारीबारे छलफल गरिएको छ। महान जनयुद्ध दिवसको अवसरमा फागुन १ गते शुक्रबार साँझ जुम माध्यमबाट आयोजित कार्यक्रममा नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार हर्क बहादुर नेम्बाङ ‘मिक्सो’ प्रमुख वक्ताका रूपमा सहभागी थिए।

उम्मेदवार नेम्बाङले आफ्नो उम्मेदवारी, निर्वाचन तयारी र भावी कार्यदिशाबारे जानकारी गराउँदै प्रवासमा रहेका नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूलाई आफ्ना आफन्त र अभिभावकहरूसँग समन्वय गरी तारा चिन्हमा मतदान गराउन र डिजिटल माध्यमबाट प्रचार-प्रसारमा सक्रिय हुन आग्रह गरे। कार्यक्रममा वक्ताका रूपमा पार्टीका नेता, पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य कमल प्रसाद जवेगुले सम्बोधन गर्दै पाँचथर जिल्लाका लागि नेम्बाङ हालसम्म विवादरहित, निष्ठावान र उपयुक्त उम्मेदवार रहेको धारणा व्यक्त गरे।

भर्चुअल कार्यक्रममा जापान, कोरिया, युरोप, साउदी अरेबिया, कतार, दुबई र अमेरिका लगायत विभिन्न देशमा कार्यरत पाँचथरेली प्रवासी नेता-कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले सबै प्रवासी एकजुट भई नेकपाका उम्मेदवार नेम्बाङलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सहजीकरण नेकपाका जिल्ला इन्चार्ज सिता थेवे र जिल्ला संयोजक विशाल रसाइलीले गरेका थिए। कार्यक्रम नेपाली कम्युनिष्ट पार्टी पाँचथर निर्वाचन प्रचार–प्रसार समिति ९प्रवास० को आयोजनामा सम्पन्न भएको प्रवास संगठन जापानका सचिव सुजन आङ्बो लिम्बुले जानकारी दिए ।

सचिव आङ्बोका अनुसार, विदेशमा रहेका पाँचथरेली युवाहरूले आफ्नो उम्मेदवारलाई निष्ठावान, इमान्दार र सक्षम ठान्दै उहाँको विजयका लागि प्रवासबाटै संगठित अभियान सञ्चालन गर्ने निर्णय गरेका छन्। कार्यक्रममा चुनावी रणनीति तथा प्रवासी नेपालीहरूको भूमिकाबारे पनि व्यापक छलफल गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार