नयाँबजार । माइजोगमाईमा आगलागीबाट एक घर जलेर पूर्ण रुपमा नष्ट भएको छ । मलुमझुवा स्थित नयाँबजार प्याङ सडक तारेभिर नजिकैका दाछिरि तामाङ (गोले कान्छा) को घरमा हिजो बेलुकाको समयमा आगलागी भई एक घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
पिडितलाई माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे , उपाध्यक्ष प्रविना राई , वडा नं १ का वडा सदस्य भक्त बहादुर चेम्जोङ ,वडा नं ६ का वडा सदस्य मिङ्मा शेर्पा लगायतले प्रारम्भिक राहत सामाग्रीहरु हस्तान्तरण गरेका छन् । गाउँपालिकाबाट आवश्यक प्रक्रिया पु¥याएर आर्थिक सहयोग समेत गर्ने गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए ।

आगलागीबाट करिव ३ लाखको क्षति भएको ईलाका प्रहरी कार्यालय नयाँबजारले जानकारी दिइएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन् ।