काठमाडौँ :प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको निर्वाचन चानचुने नभई देशको भविष्य कोर्ने निर्वाचन भएको बताएकी छिन् । शुक्रवार ताप्लेजुङको पाथीभरा र फुङलिङमा छलफलका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले हुन लागेको निर्वाचन नियमितजस्तो सामान्य नभइ देशको भविष्य कोर्ने निर्वाचन भएकाले सबै मिलेर सफल बनाउनुपर्छ।’
निर्वाचन. शान्ति, सुरक्षा, स्वच्छता र मितव्ययीका हिसाबले पनि एउटा मानक हुने बताइन्। यसले देशको भविश्यका लागि दीर्घकाकालीन असर गर्ने पनि उनले बताइन्।