Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

देशभर पश्चिमी वायुको सामान्य प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

देशभर पश्चिमी वायुको सामान्य प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

  • सन्देश सम्बाददाता
  • शुक्रबार, फाल्गुन १ २०८२


देशभर पश्चिमी वायुको सामान्य प्रभाव, आज यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
  • मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
  • कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ।
  • कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू९भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार