माईजोगमाई । माईजोगमाई गाउँपालिका अपाङ्गता समन्वय समिति संयोजक प्रविना राईको संयोजकत्वमा अपाङ्गता भएका ब्यक्तिहरूको घरैमा पुगेर घरमै पुगेर अपाङ्गता परिचयपत्र प्रदान गरिएको छ । उनिहरूको पारिवारीक अवस्थाको बारेमा जानकारी लिने साथै स्वास्थ परिक्षणका साथ अपाङ्गता परिचयपत्र प्रदान गरिएको हो ।
उक्त अनुगमन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रविना राई , माईजोगमाई आधारभूत अस्पतालका डाक्टर यसमिन शेर्पा , वडा नं २ का वडा अध्यक्ष डम्बर बहादुर सुबेदी , माईजोगमाई अपाङ्गता समितिका याम बहादुर सुबेदी , समितिका हेम अधिकारी ,हिमा भण्डारी ,सहायता कक्षका कर्मचारी सरोज पौडेल , ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रमुख सुर्य तामाङ मोक्तान ,सिबिआरएफ अरुण अधिकारी लगायतको उपस्थिति रहेको थियो । माईजोगमाई गाउँपालिका वडा नं २ जोगमाईमा ३ जना र वडा नं १ मा १ जना गरी ४ जना ब्यक्तिहरूलाई अपाङ्ग मध्यम र वडा नं १ मा १ जनालाई पूर्ण अपाङ्गता कार्ड वितरण गरिएको हो । पालिकाले अपाङ्गता भएका ब्यक्तिहरूलाई सहायक सामाग्री समेत बितरण गर्दै आएको छ । पालिकाले हिडडुल गर्न नसक्ने अपाङ्गता भएका ब्यक्तिहरूको घरमा नै पुगेर परिचय पत्र बितरण गर्दै आएको माईजोगमाई खबरका डम्बर निरौलाले जानकारी दिए ।
थप तस्बिरहरु :
