Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साङ्गरुम्बा गोल्डकप : उपाधिको लागि लामागाउँ र इओएच भिड्ने

साङ्गरुम्बा गोल्डकप : उपाधिको लागि लामागाउँ र इओएच भिड्ने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ १७ २०८२


साङ्गरुम्बा गोल्डकप : उपाधिको लागि लामागाउँ र इओएच भिड्ने

साङ्गरुम्बा : स्वर्गीय केशरानी लिम्बुनी स्मृति चौथो साङ्गरुम्बा कपको उपाधिको लागि लामागाउँ एफसी र इओएच झापा भिड्ने भएका छन् । इलाम नगरपालिका–१२ साङ्गरुम्बामा जारी प्रतियोगिताको दोश्रो सेमिफाइनल खेलमा लामागाउँले नवविहानी एफसी माई नगरपालिकालाई १ लाई हराउँदै झापासंग उपाधि भेट पक्का गरेको हो ।

निर्धारित समयमा २-२ गोल बराबरीमा सकिएको खेलको निर्णयका लागि टाइब्रेकर रोजिएको थियो । टाइब्रेकरमा लामागाउँले ३–२ गोल अन्तरको जित निकालेको हो । पहिलो सेमिफाइनलमा झापाले मुलखर्क एफसी देउमाई नगरपालिकालाई ४–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

फुटबल प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ तथा द्वितीय पुरस्कार रु. ५५ हजार ५५५ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सञ्चालनका लागि स्व. केशरानी लिम्बुनीका छोराहरू धम्बु जबेगु (निर्धन उत्थान वित्तीय संस्था), खेम जबेगु (हाल वैदेशिक रोजगारीमा दक्षिण कोरिया) र याम ब. जबेगु (शान्ति सेना, सुडान) ले संयुक्त रूपमा प्रथम पुरस्कारका लागि एक लाख एक सय एघार) रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

यसै अवसरमा माघ १४ गतेदेखि १७ गतेसम्म रमाइलो मेला समेत आयोजना गरिएको छ । फाइनल खेलपछि गायक डम्बर नेपालीले सांगितिक प्रस्तुती दिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार