साङ्गरुम्बा । स्वर्गीय केशरानी लिम्बुनी स्मृति चौथो साङ्गरुम्बा कपको फाइनल इओएच बुधबारे झापा प्रवेश गरेको छ । इलाम नगरपालिका–१२ साङ्गरुम्बामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा झापाले मुलखर्क एफसी देउमाई नगरपालिकालाई ४–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको हो ।
जितसंगै झापाले कम्तीमा ५५ हजार ५ सय ५५ रुपैया सुरक्षित गरेको छ । दोश्रो सेमिफाइनल खेलमा भोली नवविहानी एफसी माई नगरपालिका–१ र एलएफसी लामागाउँ भिड्दैछन् । फुटबल प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ तथा द्वितीय पुरस्कार रु. ५५ हजार ५५५ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ ।
गोल्डकप सञ्चालनका लागि स्व. केशरानी लिम्बुनीका छोराहरू धम्बु जबेगु (निर्धन उत्थान वित्तीय संस्था), खेम जबेगु (हाल वैदेशिक रोजगारीमा दक्षिण कोरिया) र याम ब. जबेगु (शान्ति सेना, सुडान) ले संयुक्त रूपमा प्रथम पुरस्कारका लागि एक लाख एक सय एघार) रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
यसै अवसरमा माघ १४ गतेदेखि १७ गतेसम्म रमाइलो मेला समेत आयोजना गरिएको छ ।