Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

२०७९ को नगर प्रमुखबाट पराजित कागते संसद छिर्ने योजनाका साथ जनताका घरदैलोमा

२०७९ को नगर प्रमुखबाट पराजित कागते संसद छिर्ने योजनाका साथ जनताका घरदैलोमा

  • सन्देश सम्बाददाता
  • शनिबार, माघ ११ २०८२


२०७९ को नगर प्रमुखबाट पराजित कागते संसद छिर्ने योजनाका साथ जनताका घरदैलोमा

इलाम । इलामको पूर्वी क्षेत्रमा स्थापित नाम हो काजीमान कागते । सरल जीवन शैली, सहयोगी स्वभाव, मृदुभाषी कागतेको ठट्यौली पारामा प्रस्तुत हुने बानीका कारण उनी धेरैले रुचाउने व्यक्ति हुन् । कागते औपचारिक घेराभित्र सीमित हुँदैनन् । त्यसैले जो कोहीको पहुँच उनीसम्म सहज हुन्छ । कागते उनी आफ्नो सामाजिक कामकै कारण एउटा संस्थाझैँ स्थापित छन् ।
२०१८ सालमा बाबु मोहन बहादुर कागते र आमा फूलमाया कागतेको माइलो सन्तानको रूपमा जन्मिएका कागते १८ वर्षकै उमेरमा कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेका हुन् । उनी भारतको पश्चिम बंगाल स्थित जलपाइगुडी जिल्लाको गरुचिया भन्ने ठाउँमा रहदा भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा पुगेका थिए । उनी नेपालमा भने २०४६ सालदेखि माले हुँदै नेपाली वामपन्थी आन्दोलनमा होमिएका हुन् ।
कागते २०४९ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा तत्कालीन कन्याम गाविस वडा नं। १ को वडाध्यक्ष निर्वाचित भएपछि जनप्रतिनिधिको यात्रा शुरु भएको हो । त्यसपछि उनी कन्याम गाविसको उपाध्यक्षमा निर्वाचित भए । गाविसमा दुई वर्ष उपाध्यक्षको भूमिका निर्वाह गरे । तीनवर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारी पुरा गरे । २०७४ को आम निर्वाचनमा उनी इलाम १  ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । कागतेले इलाम निर्वाचन क्षेत्र नम्बर १ को एमालेको क्षेत्रीय अध्यक्षको रूपमा दुई नेतृत्व गरिसकेका छन् ।
२०५८÷०५९ तिर आठ रुपैयाँमा पनि हरियो पत्ति बिक्दैनथ्यो । चिया प्रशोधन उद्योगहरूले हरियो पत्तिको मूल्य निर्धारणमा सिन्डिकेट लगाउँथे । त्यस बेला काजीमान कागतेले चिया किसानको पक्षमा भएको आन्दोलनको अगुवाइ गरे । मुलुकमा हरियो पत्तिनै विक्री नहुने अवस्थामा उनकै अगुवाइमा किसानले उत्पादन गर्ने हरियो पत्ति भारतसम्म पु¥याएर विक्री गरे । त्यसबाट किसानले केही राहत पाए । भारतमा विक्री गरेको चियाको पेमेन्ट समेत नपाउने अवस्था आएपछि चियाको औद्योगीकरणको लागि कागते लागि परे । शुरुमा हाते चिया प्रशोधनको लहर चल्यो । गाउँ गाउँमा साना साना चिया प्रशोधन गर्ने घरेलु उद्योग स्थापना भए । कागतेले पनि घरैमा झुल्के घाम हाते चिया उद्योग स्थापना गरेर हातैले माडेर तयारी चिया बनाउन थाले । हाते चिया उद्योगहरूमा चिया प्रशोधनको प्रविधिहरू खासै थिएनन्, पछि बिस्तारै बिस्तारै चिया प्रशोधन गर्ने चिनिया मेसिन भित्रियो । उनले पनि ‘लड बुद्ध’ चिया प्रशोधन उद्योग स्थापना गरे । अहिले चिया प्रशोधन उद्योग भने कान्छा छोरा लाक्पा दोर्जेले चलाउँछन् । चियामा देखिएको समस्या सधानको लागि अहोरात्र खटिरहने उनै कागते चियाको क्षेत्रमा काम गर्न राज्यले बनाएको चिया तथा कफी विकास बोर्डमा दुई पटकसम्म सदस्य भए ।
कागते सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन् । जनप्रतिनिधि हुनु अघि कागतेको दैनिकी खेतीपाती मेलापातमै वित्थ्यो । उनी ढुङ्गा फोर्थे, काठ काट्थे, मिस्त्री गर्थे ९घर बनाउने काम०, खेती लगाउँथे । कागतेले आफ्नो घरको गाह्रो आफै लगाएका हुन् । घर बनाउँदै गर्दा घरको लागि चाहिने काठको व्यवस्था गर्न उनी आफै धरानमा काठ चिर्दै थिए । त्यही बेला एमालेले उनलाई कन्याम गाविस १ मा वडाध्यक्षको उम्मेदवार बनायो । कागते बनाउँदै गरेको घर अधुरै छाडेर चुनावमा लागे । उनको त्यो अधुरो घर अहिलेसम्म पनि पुरा भएको छैन । कागतेले त्यही अपुरो घरमा बसेर सामाजिक काम गरेका छन् । त्यही भएर उनको एउटा किस्सा चर्चित छ– ‘काजीमान कागतेले अरूको काम गर्दा गर्दै आफ्नो घर पुरा गर्न भ्याएन ।’ अपुरो घरको कुरा गर्दा कागतेले हाँस्दै भने,‘त्यति बेला थालेको घर अहिले पनि पुरा भएको छैन नि हाउ, अब त भत्काउने बेला भइसक्यो, तर यसो म्युजियम जस्तो बनाउन पाए हुन्थ्यो ।’
कागतेले शिक्षा क्षेत्रको विकासमा पनि निकै योगदान गरेका छन् । कन्याममा रहेको श्रीकृष्ण श्रम माविमा उनी लगातार १५ वर्ष विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरे । विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक थियो । कुनै बेला एसएलसीको नतिजामा शून्य हुने विद्यालयले कागते व्यवस्थापन समितिमा आएपछि शतप्रतिशत सम्म नतिजा निकाल्यो । पूर्वी क्षेत्रमा करफोक विद्या मन्दिर र दानाबारीको गरुवा बहुमुखी क्याम्पस बाहेक अन्य ठाउँमा उच्च शिक्षा अध्ययन गर्ने ठाउँ थिएन । कागतेकै पहल र प्रयासमा कन्यामको कृष्णाश्रममा प्लसटुको पढाई शुरु भएको हो ।
कागतेले धेरैलाई उनीहरूको व्यक्तिगत काममा पनि सघाएका छन् । नागरिकता, पासपोर्ट, जन्मदर्तासम्मको लागि धेरै जना उनलाई भन्न आउँथे । कतिसँग यी कामका लागि समेत खर्च हुँदैनथ्यो । त्यसको जोहो गर्न पनि उनी पछि हटेनन् । ‘कतिलाई त खाजा खर्च गाडी भाडा समेत लगाइदिएर घरसम्म पुर्याएको छु’, उनले भने, ‘बिरामी पर्दा, दुखमा परेकालाई त धेरैलाई सहयोग गरियो ।’ कागतेले मध्यस्थकर्ताको रूपमा पनि काम गरेका छन् । स्थानीय निकाय जनप्रतिनिधि विहीन हुँदा मानव अधिकार मञ्चले गाउँ गाउँमा मध्यस्थकर्ता उत्पादन गरेको थियो । मध्यस्थकर्ताको भूमिकामा हुँदा कागतेले थुप्रै विवादहरू सलट्याएका छन् । ‘कति त अड्डा अदालत धाउँदा धाउँदा गरेर नमिलेको चिजहरुपनि बसेर मिलाइन्थ्यो हाउ’, विगत सम्झिँदै कागतेले भने । कागते अरूका कुरा राम्रोसँग सुन्छन् । सक्ने सहयोग गर्न पछि पर्दैनन् । आफूले सहयोग गर्न सकेनन् भने ढाडस दिएरै भएपनि सहयोग गर्ने कोसिस गर्छन् । समाज बुझेका छन् । विकासको आवश्यकता बुझेका छन् ।  उनी प्रदेश सभाबाट राजीनामा दिएर २०७९ को स्थानीय तह निर्वाचनमा सुर्योदय नगरपालिका प्रमुखमा उमेद्धवारी दिएका थिए । तर पराजीत भएका हुन् । उनै कागते प्रतिनिधि सभा निर्वाचन इलाम क्षेत्र नं १ बाट उम्मेद्धार बनेका छन ।  सन्दकपुरबाट 

प्रतिक्रिया
सम्बन्धित समाचार