Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साङ्गरुम्बा कप : बारुङलाई हराउँदै लामागाउँ क्वाटरफाइनल प्रवेश

साङ्गरुम्बा कप : बारुङलाई हराउँदै लामागाउँ क्वाटरफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ ११ २०८२


साङ्गरुम्बा कप :  बारुङलाई हराउँदै लामागाउँ क्वाटरफाइनल प्रवेश

साङ्गरुम्बा : स्वर्गीय केशरानी लिम्बुनी स्मृति चौथो साङ्गरुम्बा कपको दोश्रो दिन जित निकाल्दै एलएफसी लामागाउँ क्वाटरफाइनल प्रवेश गरेको छ । एनवाइसी बारुङलाई सडनडेथमा हराउँदै लामागाउँ अन्तिम ८ मा प्रवेश गरेको हो ।

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा समेत ३–३ गोल बराबरी खेलेपछि सडनडेथबाट निर्णय लिइएको हो । तेश्रो दिन केवाइसी इलाम नगरपालिका–१२ का विरुद्ध पिओएच झापा तथा सिम्ले एफसी र छिङ्गु एफसी इलाम भिड्दैछन् ।

फुटबल प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ तथा द्वितीय पुरस्कार रु. ५५ हजार ५५५ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सञ्चालनका लागि स्व. केशरानी लिम्बुनीका छोराहरू धम्बु जबेगु (निर्धन उत्थान वित्तीय संस्था), खेम जबेगु (हाल वैदेशिक रोजगारीमा दक्षिण कोरिया) र याम ब. जबेगु (शान्ति सेना, सुडान) ले संयुक्त रूपमा प्रथम पुरस्कारका लागि एक लाख एक सय एघार) रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

यसै अवसरमा माघ १४ गतेदेखि १७ गतेसम्म रमाइलो मेला समेत आयोजना गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार