Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सरस्वती पूजासँगै तीन विद्यार्थी पुरस्कृत

सरस्वती पूजासँगै तीन विद्यार्थी पुरस्कृत

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ ११ २०८२


सरस्वती पूजासँगै तीन विद्यार्थी पुरस्कृत

रोङ गाउँपालिका–६ मा रहेको सरस्वती विद्यालयमा सरस्वती पूजाको अवसर पारेर तीन जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ। विद्यालयमा स्थापना गरिएको स्वर्गीय कृष्णबहादुर प्रधान स्मृति कोषबाट प्राप्त ब्याज रकममार्फत विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको हो।

गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्ने बिन्द्या प्रधान तथा विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरू आकृति सुवेदी र कक्षा २ मा अध्ययनरत सुविसा राई पुरस्कृत भएका छन्। उनीहरूलाई स्वर्गीय कृष्णबहादुर प्रधानकी धर्मपत्नी याममाया प्रधानले जनही नगद दुई हजार पाँच सय रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिन्।

यसै अवसरमा विद्यालय परिसरमा स्थापित सरस्वती मन्दिरमा वैदिक विधिअनुसार पूजा सम्पन्न गरिएको थियो। साथै विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। विद्यालय आउन तयारी अवस्थामा रहेका नानीहरूका लागि अक्षरारम्भ कार्यक्रमसमेत आयोजना गरिएको थियो।

कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम साङपाङको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार