Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

साङ्गरुम्बा कप : उद्धघाटन खेलमा आयोजकलाई हराउँदै तालखर्क क्वाटरफाइनल प्रवेश

साङ्गरुम्बा कप : उद्धघाटन खेलमा आयोजकलाई हराउँदै तालखर्क क्वाटरफाइनल प्रवेश

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ १० २०८२


साङ्गरुम्बा कप : उद्धघाटन खेलमा आयोजकलाई हराउँदै तालखर्क क्वाटरफाइनल प्रवेश

साङ्गरुम्बा । स्वर्गीय केशरानी लिम्बुनी स्मृति चौथो साङ्गरुम्बा कपको उद्धघाटन खेलमा वाइबीसी तालखर्क बिजयी बनेको छ । इलाम नगरपालिका–१२ साङरुम्बामा आजबाट सुरु भएको प्रतियोगिताको पहिलो खेलमा तालखर्कले आयोजकलाई सडनडेथमा पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको छ ।

निर्धारित ७० मिनेटको खेलमा दुवै टिमले १–१ गोल बराबरी खेलेका थिए । टाइब्रेकरमा समेत ४–४ गोल भएपछि सडनडेथबाट विजेता छिनोफानो गरिएको हो । प्रतियोगिताको दोश्रो खेलमा एनवाइसी बारुङ र एलएफसी लामा गाउँ भिड्ने भएका छन् ।

फुटबल प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ तथा द्वितीय पुरस्कार रु. ५५ हजार ५५५ सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । गोल्डकप सञ्चालनका लागि स्व. केशरानी लिम्बुनीका छोराहरू धम्बु जबेगु (निर्धन उत्थान वित्तीय संस्था), खेम जबेगु (हाल वैदेशिक रोजगारीमा दक्षिण कोरिया) र याम ब. जबेगु (शान्ति सेना, सुडान) ले संयुक्त रूपमा प्रथम पुरस्कारका लागि एक लाख एक सय एघार) रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

यसै अवसरमा माघ १४ गतेदेखि १७ गतेसम्म रमाइलो मेला समेत आयोजना गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार