Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

किरात याक्थुङ चुम्लुङ इलामको अध्यक्षमा बुद्धमाया सोङमी पुनः निर्वाचित

किरात याक्थुङ चुम्लुङ इलामको अध्यक्षमा बुद्धमाया सोङमी पुनः निर्वाचित

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ ९ २०८२


किरात याक्थुङ चुम्लुङ इलामको अध्यक्षमा बुद्धमाया सोङमी पुनः निर्वाचित

इलाम । किरात याक्थुङ चुम्लुङ इलामको नवौँ जिल्ला अधिवेशनबाट बुद्धमाया सोङमी दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएकी छन्। अधिवेशनले १७ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको हो।

नवगठित कार्य समितिको उपाध्यक्षमा याम माबोहाङ र संगीता थलङ लिम्बु निर्वाचित भएकी छन्। सचिवमा राम लिङदम तथा सहसचिवमा रुद्र थेबे र अतित योङहाङ चयन भएका छन् । कोषाध्यक्षमा माया लिम्बु रहेकी छन् ।

त्यस्तै, जिल्ला कार्य समिति सदस्यहरूमा नविन सुन्दर शेर्मा, डम्बरबहादुर लिम्बु, खगेन्द्र योङहाङ, मानबहादुर लिम्बु, फुलकुमारी शेर्मा, गोविन्द लिम्बु, शिव थेगिम, दुर्गा थेगिम, रामविर लिम्बु र कुमार फत्र निर्वाचित भएका छन् ।

अध्यक्षमा पुनः निर्वाचित भएपछि बुद्ध सोङमीले किरात याक्थुङ चुम्लुङको भाषा, संस्कार, संस्कृति संरक्षण तथा पहिचानका सवालमा संगठनलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले इलाम जिल्लामा रहेका लिम्बुवान समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा संस्थागत गतिविधि प्रभावकारी रूपमा अघि बढाइने बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार