सातौँ सुनाखरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सेमिफाइनलका खेलहरु हुने भएको छ । प्रतियोगिता अन्र्तगत खुल्ला तर्फका २ वटा र भेट्रान्सको एउटा सेमिफाइलन खेल हुने भएको हो । खुल्ला तर्फ आयोजक सुनाखरी र ब्राइट स्टार फाक्तेप तथा पिपिएफसी र रानीटार युनाइटेड भिड्दैछन् ।
भेट्रान्स तर्फ आयोजक सुनाखरी र इम्बुङ भेट्रान्स भिड्नेछन् । हिजो सम्पन्न खुल्ला तर्फको क्वाटरफाइनल खेलमा आयोजक सुनाखरीले सिलौटी एफसीलाई टाइब्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।
खेलको म्यान अफ दि म्याच सुनाखरीका गोलरक्षक दिवस नेम्वाङ घोषित भए । त्यस्तै दोश्रो खेलमा गुम्बाडाँडा एफसीलाई १–० ले हराउँदै पिपिएफसी समेत सेमिफाइनल प्रवेश गरेको छ । गुम्बाडाँडाका लागि निर्णायक गोल गरेका कप्तान सुनिल तुम्बापो घोषित भए ।
त्यस्तै भेट्रान्स तर्फको पहिलो सेमिफाइनल खेलमा बौद्ध भेट्रान्सलाई १–० ले हराउँदै तिजोक भेट्रान्स फाइनल प्रवेश गरेको छ ।