राँके । सातौं सुनाखरी गोल्ड कप–२०८२ को खुल्ला तर्फ क्वाटरफाइनल समिकरण पुरा भएको छ । तेश्रो दिनको खेल सम्पन्न भएसंगै क्वाटरफाइनल भिड्ने टिम पक्का भएको हो । प्रतियोगिताको पाँचौ क्वाटरफाइनल खेलमा आयोजक सुनाखरी युथ क्लबले नागबेली एफसीलाई २–० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ ।
सुनाखरीको जितमा सुर्दशन नेम्वाङ र अविशेक लावतीले गोल गरे । खेलको म्यान अफ दि म्याच सुर्दशन नेम्वाङ घोषित भए । त्यसैगरी आजको भेट्रान्स तर्फ इम्बुङ भेट्रान्स सेमिफाइनल प्रवेश गरेको छ । राँके भेट्रान्सलाई टाइब्रेकरमा ४–३ ले हराउँदै इम्बुङ अन्तिम ४ प्रवेश गरेको हो ।
निर्धारित समयमा दुबै टिमले गोल रहित बराबरी खेलेका थिए । त्यसैगरी आजको अन्तिम खेलमा चिम्फुला एफसीलाई २–१ ले हराउँदै पिपिएफसी क्वाटरफाइनल प्रवेश गरेको छ । खेलको म्यान अफ दि म्याच पिपिएफसीका कप्तान सुनिल तुम्बापो घोषित भए ।