इलाम । प्रथम सुम्निमा पारुहाङ कप २०८२ को उपाधिका लागि हेन्सी स्टार इलाम र नाम्तोक एफसी भिड्ने भएका छन् । हेन्सी स्टारले देउराली युथ क्लब र नाम्तोकले किरात-११ लाई पराजित गरेको हो । खान्द्रुङ फुटबल क्लबले किरात समुदायको नयाँ वर्ष यलेदोङ ५०८६ तथा माघे सङ्क्रान्तिको उपलक्ष्यमा आयोजना गरिएको हो। हेन्सी स्टार इलामले ३–२ गोलको अन्तरले देउराली युथ क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा किरात ११ र नाम्तोक फुटबल क्लब, फाल्गुनन्द–३, पाँचथरबीचको खेलमा नाम्तोकले ४–० गोलको स्पष्ट जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो।फाइनल खेल माघ १ गते हुनेछ ।
प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ४० हजार ४४४ र दोश्रो पुरस्कार नगद रु २० हजार २२२ सहित मेडल, प्रमाणपत्र र ट्रफि रहेको छ । प्रतियोगिताभरिका उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक तथा सर्वाधिक गोलकर्तालाई विशेष ट्रफी प्रदान गरी सम्मान गरिनेछ अंकित बराइलीले जानकारी दिए ।