फिक्कल । सातौं सुनाखरी गोल्ड कप–२०८२ को उद्धघाटन खेलमा फाल्गुनन्द ग्रीन पिस र लट्टेबारी एफसी भिड्ने भएका छन् । सुनाखरी युथ क्लबले कक्फेक्वा तङ्नाम–५०८५ तथा सोनाम ल्होसारको पावन अवसर पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवासारतापमा प्रतियोगिता आयोजना गरेको हो ।
पहिलो दिन नै यलम्बर एफसी र रानीटार युनाइटेडले समेत प्रतिस्पर्धा गर्नेछन् । स्वर्गीय प्रसाद सिङ्दन तामाङ र स्वर्गीय बिमाया सिङ्दन तामाङको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको हो ।
माघ ५ गतेसम्म अमर नेम्वाङ स्मृति खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँसहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेता हुने टोलीलाई नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई समेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै प्रतियोगिताका प्रत्येक खेलमा म्यान अफ द म्याच घोषणा गरी ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । त्यस्तै भेट्रान्सको खेल समेत संचालन हुनेछ । ४ टिम मात्र सहभागि हुने भेट्रान्स विजेताले नगद २० हजार र उपविजेताले १० हजार प्राप्त गर्नेछ ।