Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाल बनिन् इलाम-१ मा राप्रपाको उम्मेदवार

नेपाल बनिन् इलाम-१ मा राप्रपाको उम्मेदवार

  • सन्देश सम्वाददाता
  • शनिबार, पौस २६ २०८२


नेपाल बनिन् इलाम-१ मा राप्रपाको उम्मेदवार

इलाम । राप्रपाले आगामी आमनिर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छान्न सुरु गरेको छ । पहिलो उम्मेदवारका रुपमा इलाम १ मा ज्वाला नेपालले टिकट पाएकी छन् । क्षेत्रीय र जिल्ला कमिटीबाट ज्वालाको एकल सिफारिस भएको थियो ।

त्यही आधारमा पार्टीले उनको नाम फाइनल गरेको राप्रपा स्रोतले बतायो। उनको स्थायी घर इलामको सुर्योदय नगरपालिका-८ मा रहेको छ । २०७९ को आमनिर्वाचनमा इलाम(१ बाट एमालेका महेश बस्नेत विजयी भएका थिए ।

गठबन्धनको साझा उम्मेदवारका रुपमा नेकपा एसबाट उठेका झलनाथ खनाललाई हराउँदै उनले जित हासिल गरेका हुन् । बस्नेतले २५ हजार ७ सय ५३ मत ल्याउँदा खनाललाई २३ हजार ८९ मत आएको थियो ।

मंगल नेसनल अर्गनाइजेसनका उम्मेदवार तेस्रो स्थानमा रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार