Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माईमा बाली उपचार र माटो परिक्षण शिविर सम्पन्न

माईमा बाली उपचार र माटो परिक्षण शिविर सम्पन्न

  • सन्देश सम्वाददाता
  • मंगलबार, पौस २२ २०८२


माईमा बाली उपचार र माटो परिक्षण शिविर सम्पन्न

माई । कृषि ज्ञान केन्द्र इलामको आयोजना र माई नगरपालिका कृषि विकास शाखाको समन्वयमा बाली उपचार र माटो परिक्षण शिविर  सितलीमा सम्पन्न भएको छ।

किसानकहरुको बालिनालीका समस्याहरू लिएर उपस्थित भएका किसानहरुलाई समस्या समाधानको जानकारी गराउदै औषधि, विषादी वितरण सहित समस्या समाधानको वारेमा जानकारी प्रदान गरिएको माई नगरपालिका कृषि शाखा प्रमुख रुजन खड्काले जानकारी दिए।

माई नगरपालिका उपप्रमुख हिमा भण्डारीको प्रमुख आतिथ्यतामा शुरु भएको शिविरलाई कृषि ज्ञान केन्द्र इलामका प्रमुख रविकिण अधिकारी, वागवान विकास अधिकृत प्रदिप लुईटेल माटो विज्ञ नयन राई, कृषि विकास शाखा माई प्रमुख रुजन खड्का, नायव प्राविधिक सहायक निरमाया तामाङ, ज्ञान केन्द्र इलामका सहायक वालि संरक्षण अधिकृत कुल बहादुर राई लगायतले शिविर सञ्चालन गरेका थिए ।

बाली उपचारमा ५ दर्जन भन्दा वढी कृषकको सहभागी रहेको थियो भने २ दिन सम्म सञ्चालित माटो परीक्षण शिवरमा १ सय ३० किसानको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार