- नेकपा (एमाले) ले ताप्लेजुङबाट योगेश भट्टराईसहित पाँच जनाको नाम प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिफारिस गरेको छ।
- सिफारिसमा केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझा रहेका छन्।
- कांग्रेसले जिल्ला सभापति गजेन्द्र तुम्याहाङ र नेकपाले खेलप्रसाद बुढाक्षेत्रीको नाम सिफारिस गरेका छन्।
ताप्लेजुङ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले ताप्लेजुङबाट एमाले उपसचिव योगेश भट्टराईसहित पाँच जनाको नाम सिफारिस भएको छ ।
एमाले जिल्ला कमिटी शनिबार बसेको बैठकले भट्टराईसहित केन्द्रीय सदस्यद्वय तिलकुमार मेन्याङ्बो र क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझा सिफारिस भएका हुन् । भट्टराई २०७९ सालको निर्वाचनमा निर्वाचित भएका थिए ।
मेन्याङ्बो हाल कोशी प्रदेशका प्रदेशसभा सदस्य हुन् । ओझा फुङ्लिङ नगरपालिकाकी उपप्रमुख हुन् भने आङ्बुहाङ पूर्व कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री हुन् । थेबे राष्ट्रिय युवा सङ्घ नेपालका अध्यक्ष हुन् ।
नेपाली कांग्रेसले भने जिल्ला सभापति गजेन्द्र तुम्याहाङ र नेपाली कम्युनिस्ट पार्टीले खेलप्रसाद बुढाक्षेत्री (पराग) को एकल नाम सिफारिस गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलले भने प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरिसकेका छैनन् ।